Breaking

रोल्पाका १० मध्ये ३ स्थानीय तहमा गठबन्धन


काठमाडौँ — १० स्थानीय तह रहेको रोल्पाका तीन स्थानीय तहमा चुनावी गठबन्धन भएको छ । गठबन्धन हुने स्थानीय तहहरु सुनछहरी, माडी र गंगादेव गाउँपालिका रहेका छन् ।

रोल्पाको सुनछहरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाका नेता पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । उनलाई नेकपा एमाले र नेपाली कांग्रेसको समर्थन रहेको छ । तीन दलीय गठबन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले उमेदवारी दिएका छन् । ७ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले ३÷३ र स्वतन्त्रले १ वडामा उम्मेदवारी दिएका छन् ।