Breaking

उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आज र भोलि छानबिन


काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेको उजुरीमाथि बुधबार छानबिन हुँदैछ ।

आइतबार र सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गर्न लागेको हो । बुधबार र बिहीबार छानबिन गर्ने आयोगको कार्यतालिका छ । छानबिन सकेपछि बिहीबार उम्मेदवारको अन्तिम सूची प्रकाशन हुनेछ ।

आयोगको पछिल्लो विवरण अनुसार स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । तर उम्मेदवारीको अन्तिम विवरण भने आइसकेको छैन ।

वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा कुल ३५ हजार २२१ पदका लागि मतदान हुनेछ ।