Breaking

कैलालीमा उम्मेदवारी दर्ता गराएका ४ जनाविरुद्ध उजुरी


काठमाडौँ — जिल्लाका दुई पालिकामा उम्मेदवारी मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ । कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएकाएक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए ।

यस्तै घोडाघोडी नगरपालिकाकामा वडा अध्यक्षका लागि उम्मेदवारी दिएका हिराजन विष्ट, महिला सदस्यमा उम्मेदवारी दिएकी कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिएका चोपलाल चौधरीविरुद्ध पनि उजुरी परेको छ ।

पार्टीबाट जबरजस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टविरुद्ध उजुरी दिएको निर्वाचन अधिकृत मोहनदेव जोशीले जानकारी दिए ।

कृष्णा थापा स्वयंसेवीका रहेको र चोपलाल चौधरी सामुदायिक वनको सचिवमा कार्यरत रहेको भनी उजुरी परेको जनाइएको छ । जिल्लाका अन्य ११ पालिकामा भने कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन ।