राजनीति

काँग्रेस तनहुँका नेताहरूद्वारा पार्टी परित्याग


काठमाडौँ — नेपाली काँग्रेस तनहुँका पूर्व जिल्ला सचिव (हाल संगठन विभाग प्रमुख) विश्व वास्तोलालगायतले पार्टी परित्यागको घोषणा गरेका छन् । परित्याग गर्नेमा महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले लगायत छन् ।