काठमाडौँ — गभर्नर महाप्रसाद अधिकारीको रिटमाथिकाने सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा परेको अधिकारीको रिटमा वरिष्ठ अधिवक्ताहरूले बहस गरेका थिए । बहसको क्रम नटुंगिएपछि उनको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । अब अधिकारीको रिटमा अन्तरिम आदेश हुने नहुने विषय प्रधान र मोक्तानको संयुक्त इजलासले नै टुंग्याउने छ ।
अर्को सुनुवाइ बिहीबारका लागि तोकिएको छ । बिहीबार सम्भवत अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनेगरी आदेश हुने वा नहुने विषय टुंगो लाग्ने छ । अल्पकालीन अन्तरिम आदेशलाई निरन्तता दिँदै अन्तरिम आदेश भएमा अधिकारी राष्ट्र बैंकमा आफनै कार्यकालभर काम गर्नेगरी रहनेछन् । अन्तरिम नभएर आल्पकालीन अन्तरिम आदेश खारेज भएमा भने अधिकारी घर फर्कनुपर्ने छ ।


प्रतिक्रिया