Breaking

अध्यक्ष प्रचण्ड भरतपुर आएर फर्किए


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार विहान चितवनको भरतपुर आएर फर्किएका छन् । भरतपुर महानगरको मेयरमा पुत्री रेनु दाहालले दोस्रोपटक मेयर पदमा उम्मेदवारी दिएको भोलिपल्ट प्रचण्ड भरतपुर आएर केही घण्टाभित्रै काठमाडौं फर्किएङ्का हुन् ।

उनी पार्टीका नेताहरुसँगको महत्वपूर्ण भेटघाटका लागि आएको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । ‘उहाँको पारिवारिक भेटघाट पनि हो, यहाँका नेता कार्यकर्तासँग भेटघाट र वस्तुस्थितिको बारेमा जानकारी लिन आउनुभएको हो’ संयोजक अधिकारीले जानकारी दिए ।