देश

लोसपाले गर्‍यो एमाले र जसपासँग तालमेल


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नेकपा एमाले र जनता समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको छ । एमालेसँग दुई र जसपासँग दुई स्थानीय तह गरेर कुल चार स्थानीय तहमा लोसपाले तालमेल गरेको हो । बाँकी स्थानीय तहमा भने लोसपाले एकल उम्मेदवारी दिएको छ ।

महोत्तरीको बर्दिवास नगरपालिका र वीरगञ्ज महानगरपालिकामा एमालेसँग तालमेल भएको लोसपाका नेता केशव झाले जानकारी दिए । बर्दिवास नगरपालिकामा मेयर एमालेलाई दिएर उपमेयर लोसपाले लिएको छ । यस्तै वीरगञ्ज महानगरमा मेयर एमाले र उपमेयर लोसपाले लिएको छ ।