Breaking

कांग्रेसका वरिष्ठ नेता पौडेल निकट ७ जनाले दिए सामूहिक राजीनामा


काडमाडौँ — तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट ७ जना कांग्रेस नेतारकार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव हाल संगठन विभाग प्रमुख विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले लगायतले राजिनामा दिएका हुन् ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्थानीय तहको टिकट वितरणमा पार्टीले योगदान गरेकालाई भन्दा पैसामा बिकेर टिकट दिएको आरोप लगाउँदै उनीहरुले स्वतन्त्र रहने घोषणा गरेका हुन् । राजीनमा दिएका महश्वेर भट्टराईले शुक्लागन्डकीको मेयरमा, दाहालले व्यास नगरपालिका—१ को वडाध्यक्षमा, थापाले व्यास नगरपालिका—२ को वडाध्यक्षमा, पौडेलले शुक्लागन्डकी नगरपालिका— ३ को वडाध्यक्ष र महतले शुक्लागन्डकी नगरपालिका— ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।