Breaking

चुङबा शेर्पाको दावी: खुम्बुमा यसपटक काँग्रेसको पालो


काठमाडौँ — सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकामा नेपाली काँग्रेस चुङबा शेर्पाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको छ । खुम्बुको पर्यटन व्यवसायमा निक्कै सफल मानिएका चुङबा शेर्पा गाउँपालिका अध्यक्षका लागि उमेद्वार बनेका छन् भने उपाध्यक्षका लागि निर्मला थापा मगरलाई उमेद्वार बनाइएको छ । वडा नम्बर १ को अध्यक्षका लागि फुनुरु शेर्पा, २ का लागि दावाग्याल्जेन शेर्पा, ३ का लागि ङिमाछिरी शेर्पा, ४ का लागि पासाङदावा शेर्पा र ५ का लागि मिङमा शेर्पा अध्यक्षका उमेद्वार बनेका छन् । सोमबार मनोनयन दर्ता गरिएको छ ।

अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष ङिमदोर्जी शेर्पासंग झिनो मतले चुङबा शेर्पा पराजित भएका थिए खुम्बुमा पर्यटन व्यवसाय लामो समयदेखि गरिरहेका चुङबा शेर्पा खुम्बु क्षेत्रमा लोकप्रिय नेताको रुपमा चिनिन्छन् । उनी समाजसेवीको रुमपा पनि सोलुखुम्बुमा चिनिएका नेता हन् । शेर्पाले यस पटकको खुम्बुको निर्वाचन नेपाली काँग्रेसको पोल्टामा पर्ने दावी गरेका छन् । अघिल्लो पटक सामान्य प्राविधिक कारणले पराजय व्यहोर्नु परेको बताउँदै शेर्पाले यस पटक आफूलाई खुम्बुका जनताले अध्यक्ष भएको हेर्न चाहेको बताए ।