Breaking

कांग्रेस नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने संकेत


काठमाडौँ — नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिने संकेत गरेका छन् ।

आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत् घिमिरेले यस्तो संकेत गरेका हुन् । उनले देशभरका स्थानीय तह निर्वाचनका उम्मेदवारहरूलाई पनि जितको शुभकामना दिएका छन् ।

ट्वीटरमा घिमिरेले लेखेका छन्, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ । स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु । स्थानीय तहमा देशभरि उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ’ ।

उनी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष पनि हुन् । घिमिरे महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका थिए ।