काठमाडौँ – धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सिन्धुलीटोलमा गएराति ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिँदा ३ जनाकै मृत्यु भएको छ ।
गम्भीर घाइते भएका ३ जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । मृतक ३ जनाकै सनाखत हुन बाँकी रहेको छ ।
सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे, लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको हो । ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रतिक्रिया