राजनीति

माओवादी केन्द्रबाट लिखुपिकेको अध्यक्ष र उपाध्यक्षमा पुरानै अनुहार


काठमाडौँ – नेकपा माओवादी केन्द्रबाट सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अध्यक्षमा डम्बरबहादुर बस्नेत(शान्त) र उपाध्यक्षमा प्रमिला बस्नेतले मनोनयन दर्ता गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्षमा डम्बरबहादुर र उपाध्यक्षमा प्रमिला अत्याधिक मतले विजयी भएका थिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि माओवादीले लिखुपिकेमा पुरानै दुई अनुहारलाई दोहो¥याउन माग भएपछि अन्य आकांक्षीलाई थमथमाएर टिकट व्यवस्थापन गरिएको हो ।

माओवादी केन्द्रबाट लिखुपिके गाउँपालिकाको वडा नं. १ को अध्यक्षमा छिरी शेर्पाले मनोनयन दर्ता गरेका छन् । २ मा सम्मसेर तामाङ, ३ गोवद्र्धन बस्नेत, ४ कमल बस्नेत, ५ मा जेनी शेर्पाले मनोनयन दर्ता गरेका छन् । सोमबार नेता तथा कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन् ।