Breaking

स्थानीय तह निर्वाचन : ३५ हजार २२१ पदमा १ लाख १८ हजार जनाको उम्मेदवारी


काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार गरी देशभरका ७५३ वटै पालिकामा उम्मेदवारी दर्ता गरिएको छ ।

सोमबार राति १ बजेसम्मको तथ्यांकअनुसार स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य पदका लागि १ लाख १८ हजारभन्दा बढी जनाले उम्मेदवारी दिएका छन् । देशभरका पालिकामा गरी ३५ हजार २ सय २१ पदका लागि उक्त संख्यामा उम्मेदवार बनेका हुन् ।

निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा २ हजार ९ सय ८७ र उपप्रमुखमा १ हजार ८ सय ५२ जनाको उम्मेदवारी परेको छ। गाउँपालिका अध्यक्षमा ३ हजार १ सय ८ र उपाध्यक्षमा २ हजार १ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै वडाध्यक्षमा २८ हजार २ सय १४, महिला सदस्यमा १९ हजार ९ सय ३४, दलित महिला सदस्यमा १७ हजार ९ सय ९७ र वडा सदस्यमा ४१ हजार ८ सय ४२ उम्मेदवारी दर्ता भएका छन् । तर अझै यो अन्तिम तथ्यांक नभएको निर्वाचन आयोगले जनाएको छ ।