Breaking

महानगरमा मेयर आकांक्षीको ओइरो, काठमाडौँमा गठबन्धन र एमालेलाई प्रतिष्ठाको पीर


काठमाडौँ – अबको १८ दिनपछि आसन्न स्थानीय तह नेतृत्वका लागि चुनाव हुँदैछ । आज उम्मेदवारी दर्ताको अन्तिम दिन, काठमाडौ महानगरपालिका पनि राजनीतिक दल तथा उम्मेदवारहरुले बडो तामझामका साथ उम्मेदवारी दर्ता गराएका छन । आफू जसरी पनि जित्ने दावी उम्मेदवारहरुको छ । मेयरका आकाक्षीहरुको जित्ने आधार चाँहि के छन् त ?

आसन्न स्थानीय निर्वाचनमा जनसंख्या, भूगोल, आर्थिक एवं प्रशासनिक दृष्टिले महत्वपूर्ण ६ वटा महानगरपालिका मध्ये काठमाडौ महानगरपालिका सबैभन्दा धेरैको चासो छ । काठमाडौ महानगरको नेतृत्वका लागि मेयर पदमा मात्र ५३ भन्दा बढीले उम्मेदवार दर्ता गराएका छन् ।

महानगरको आगामी नेतृत्वका लागि उम्मेदवारी दर्ताको अन्तिम दिन ठुला राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारहरुले समेत बडो तामझामका राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलहरुले प्रतिष्ठाको क्षेत्र बनाएकोे काठमाडौ महानगरमा दलहरुले ठुलै रस्साकस्सीपछि उम्मेदवार टुङ्गो लगाएका थिए ।

यहाँ पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । ५ दलीय गठबन्धनको तर्फबाट महानगरको मेयरमा कांग्रेस नेतृ सिर्जना सिंहले उम्मेदवारी दिएकी छिन् भने नेकपा एमालेबाट केशव स्थापितको उम्मेदवारी परेको छ । दुवै पक्ष जित सुनिश्चि भएको दावी समेत गर्छन् ।

गठबन्धन भन्दा डबल भोट ल्याएर चुनाव जित्ने दाबी प्रमुख प्रतिपक्ष दलका उम्मेदवार केशव स्थापितको दावी छ । ५ दलीय गठबन्धनबाट मेयर पदका उम्मेदवार सृजना सिंह काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर बनाउने, विपन्न, गरिव महिलालाई छानेर उनीहरुको आर्थिक सुधारमा जोड दिने योजना सुनाइन् । काठमाडौको मतदाताले आफुलाई नै रोज्ने उनको दावी छ ।

उम्मेदवारी दर्तासँगै महानगरको मेयर,उपमेयरमा उठेका उम्मेदवारहरुको चर्चा थप चुलिएको छ । राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्रमा ¥यापर बालेन शाहलगायतका उम्मेदवारहरुको पनि राम्रै चर्चा सुनिन्छ । उनीहरुको चर्चा चर्चामै सीमित रहन्छ या सम्माजनक मत पाउछन् भन्ने निर्वाचनको नतिजासँगै प्रष्ट हुने नै छ ।