Breaking

६ ओटा महानगरमा को को बीच हुँदै छ चुनावी भिडन्त ? एमाले र गठबन्धनबाट को–को बने उमेद्वार ?


काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्न तोकिएको पहिलो दिन उम्मेद्वार छनोटको रस्साकस्सीमै विताएका दलहरुले आज तामझामका साथ मनोनयन दर्ता गराएका छन । योसंगै अव उम्मेद्वारको विषयमा रहेको अलमलले निकास पाएको छ । सत्ता गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमानकाबीच महानगरमा को को वीच हुँदै छ त चुनावी भिडन्त ?

स्थानीय तह निर्वाचन उम्मेद्वार मनोनयका लागि तोकिएको दुई दिनमध्ये पहिलो दिन अलमलमै विताएका दलहरुले अन्तिम दिन सोमबार भने तामझामका साथ दर्ता गरेका छन । सोमबार कसैगरे अन्तिम निर्णय लिनुपर्ने भएपनि सत्ताघटक पनि केन्द्रबाटै पेलेर अघि बढ्यो भने पर्ख र हेरको रणनितिमा रहेको एमालेले पनि मनोनयन दर्तामा गयो ।

योसंगै अव अन्तरविरोध र फरकमतका कुरा व्यवस्थापन कायमै रहेपनि उमेद्धार भने टुङ्गो लागेको छ । जस अनुसार काठमाडौँमा एमालेबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोल पक्का भएका छन उनीको मुख्य प्रतिस्पर्धीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले मेयरमा र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रावेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस्तै ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य र पोखरामा कृष्ण थापा र मन्जुदेवी गुरुङले मनोनयन दर्ता गराएका छन । भरतपुरमा राप्रपासंग र विरगन्जमा लोसपासंग तालमेल गरेको एमालेले क्रमश मेयरमा विजय सुवेदी र विजय सरावगीलाई मेयरको उमेद्धार बनाएको छ ।

उपमेयर भने भरतपुरमा राप्रपाकी हिमला गुरुङ र विरगन्जमा लोसपाका पुरुषोत्तम लाल झाले पाएका छन । त्यस्तै विराटनगरमा भने सागर थापा मेयर र शिल्पा निरौलाले उपमेयरमा मनोनयन दर्ता गरेका छन ।

ललितपुरमा कांग्रेसका चिरिवाबु महर्जन,उपमेयरमा माओवादीका बाबुराज बज्राचार्य र पोखरामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मेयर र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले उमेद्धारी दिएका छन ।

त्यस्तै भरतपुर,विरगन्ज र विराटनगमा क्रमश माओवादी रेणु दाहाल, कांग्रेसका मित्रसेन अधिकारी, जसपामा राजेशमान सिंह,कांग्रेसका ईम्तियाज आलम र कांग्रेसका नागेश कोईराला र जसका अमरेन्द्र यादवले उमेद्धारी दिएका छन ।

यसैगरी केहि स्थानमा गठबनन्धपनि तोडिएको छ । पोखरामा कांग्रेसका तर्फबाट मेयरमा र ललितपुरमा उपमेयरम बागी उमेद्धार दिएका छन भने र भरतपुरमा कांग्रेसकै नेताले स्वतन्त्रतर्फबाट उमेद्धारी दिएका छन । यो मेयरमा दौडमा आफूलाई वैकल्पिक शक्तीको दावी गर्दै आएको राप्रपाले पनि कहि तालमेलमा र कहि आफ्नै उमेद्धार चयन गरेको छ ।

त्यस्तै स्वतन्त्र उमेद्धारको पनि संख्या उल्लेख्य छ । तर देशभर सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुको भनाई छ । एमाले र कांग्रेस सुध्रिएको अवस्था नभएपनि मुख्य दलगत रुपमा भने यी बीच नै मुख्य प्रतिस्पर्धा हुँदा राप्रपा स्थापित नहुने तथा स्वतन्त्रले नजित्ने उनीहरुको विश्लेषण छ ।

मनोनयन दर्तासंगै टिकट नपाएकाहरुले पार्टी छोड्ने क्रम पनि देखिएको छ भने सत्ताघटकलाई पनि विवाद व्यवस्थापन सकसपूर्ण देखिएको छ । यसअघिबाटै यसको छनक पाएको सत्ताघटकलाई अव भने वागी उमेद्धारीले पनि चुनौती थपिएको छ ।

जसको निरुपणका लागि हरसम्भव उनीहरुको प्रयास जारी रहँदा केहि उमेद्धार भने उमेद्धारी फिर्ताको समयसम्ममा पछि हट्ने सम्भावना पनि छ । अर्थात उमेद्धारीमा देखिएको यो भिड कतिसम्म अघि बढ्छ त्यो हेर्न भने केहि दिन अझै कुर्नुपर्ने देखिन्छ ।