काठमाडौँ – इमानुएल म्याक्रों दोस्रो पटक फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । कुल मतको ५८ दशमलव ५५ प्रतिशत प्राप्त गर्दै म्याक्रों पुनः फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
उनकी प्रतिस्पर्धी मरिन ले पेनले भने ४१ दशमलव ४५ प्रतिशत मत प्राप्त गरेकी छिन् । पहिलो चरणको चुनावमा राष्ट्रपति म्याक्रोंले सबैभन्दा बढी अर्थात् २७ दशमलव ६ प्रतिशत मत ल्याएका थिए भने दोस्रो स्थानमा आउन सफल पेनले २३ दशमलव ४७ प्रतिशत मत ल्याएकी थिइन् ।
निर्वाचनको अन्तिम मतपरिणाम आएपछिको सम्बोधनमा राष्ट्रपति म्याक्रोंले फ्रान्सेली नागरिकमा रहेको गुनासो र आवेगलाई सम्बोधन गर्नुपर्ने र त्यो जिम्मेवारी पुनः आफ्नो काँधमा आएको बताएका छन् । म्याक्रोंकी प्रतिस्पर्धी मरिनले आफूलाई प्राप्त मत नै आफ्नो लागि ठूलो जित भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।


प्रतिक्रिया