Breaking

मनोनयन दर्ताको दिनसम्म आइपुग्दा सत्ता गठबन्धन सफल भएको माओवादीको निष्कर्ष


काठमाडौँ – नेकपा(माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले गठबन्धन सफल भएको बताउनुभएको छ । आज माओवादी केन्द्रको नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता महराले स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ताको दिनसम्म आइपुग्दा गठबन्धन सफल भएको बताउनुभएको हो ।

उहाँले गठबन्धन अझ अगाडी बढ्दै जाने पनि बताउनुभयो । प्रवक्ता महराले नमिलेको ठाउँमा मनोनयन फिर्ता गर्ने दिनसम्म र चुनाव हुनु अघिल्लो दिनसम्ममा पनि एकले अर्कोलाई सहयोग गरेर जानेगरी सहमती हुने उल्लेख गर्नुभयो ।

प्रवक्ता महराले पार्टीले केन्द्रीय तहबाट घोषणापत्र सार्वजनिक नगर्ने बताउनुभयो । उहाँले स्थानीय विशेषतामा आधारित रहेर स्थानीय तह आफैँले घोषणापत्र सार्वजनिक गर्ने बताउनुभयो ।

गठबन्धनका दलहरुकाबीचमा सहमती नभएपनि गठबन्धनका दलहरुले एमालेसँग निर्वाचनमा सहकार्य नगर्ने गठबन्धनको निर्णय अनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।