Breaking

प्रेरणाका स्रोत: महिला उद्यमी, लगानी थोरै, आम्दानी मनग्य


काठमाडौँ – ग्रामीण क्षेत्रका महिलाहरु स्वरोजगार बन्ने क्रम बढेको छ । ससानो रकमको बजत र लघुवित्तबाट प्रवाहा हुने ऋणको सहयोगमा ग्रामीण क्षेत्रका महिलाहरु उद्यमी बन्दै गएका छन् ।

भनिन्छ परिश्रमको फल मिठो हुन्छ । नेपालको कुल जनसंख्यामध्ये आधा आकाश ढाकेका महिलाहरु संख्यात्मक रुपमा पुरुषको तुलनामा बढी छन् । घरायसी काम र निर्वाहमुखी कृषी क्षेत्रमा आबद्ध महिलाहरुको ग्रामीण दिनचर्या पुरुषको तुलनामा अत्यन्त कष्टपूर्ण छ ।

ससानो उद्यम व्यवसाय र घरेलु सीपमा आश्रित भएर आयआर्जनको बाटो रोजिरहेका महिलाहरु उदाहरणका स्रोत बनेका छन् । न्यून आर्थिक जीवनस्तर गुजार्न बाध्य महिलाहरुलाई आर्थिक सशक्तिकरण मार्फत् जीवन यापनका लागि सहज आर्थिक वातावरण निर्माण गर्दै आइरहेका लघुवित्तहरुले पछिल्लो समय ग्रामीण स्तरमा सशक्त कर्जा प्रवहा गरिरहेका छन् । जसले गर्दा महिलाहरुको जीवन स्तर सुधारिँदै गएको छ ।

न्यून आर्थिक अवस्थाकै कारण शैक्षिक यात्राको गन्तव्य टुङ्गिएका र सानो उमेरमै विवाह बन्धनमा बाँधिएका धेरै महिला दिदीबहिनीहरुलाई उद्यमशीलता विकास मार्फत् आर्थिक सशक्तिकरणमा लाग्न केन्द्रीय बैंकले घ वर्गको मान्यता दिएका लघुवित्तहरुको ठूलो योगदान छ ।

लघुवित्तहरुको सदस्य बनेर ससानो बचतको शुरुवात गरेका महिला दिदीबहिनीहरु आज लघुवित्त मार्फत प्रदान गरिने तथा अन्य सामाजिक संघ संस्थाबाट प्रदान हुने सीप तालिमहरुमा सहभागी बनेर आयआर्जनका नवीन बाटाहरु पहिल्याउन सफल बन्दै गएका छन् ।

यो समय महिलाहरूको उद्यमशीलतामा उनीहरूका लागि लचिलो कार्यस्थलहरू प्रदान गर्न ठूला कदमहरू चाल्ने समय हो । महिलाहरूले सञ्चालन गर्ने व्यवासयमा पुरुषले पनि साझेदारी गर्न सक्नुपर्छ ।

उद्यमशीलतामा महिलाको सहभागितालाई प्रोत्साहन गर्नुपर्दछ किनकि यसले बढी अवसरहरू मात्र होइन समावेशी सहभागितालाई सुनिश्चित गर्दछ । यसले उच्च दिगो आर्थिक वृद्धि, रोजगारी हासिल गर्न र जीवनस्तर वृद्धि गर्न मद्दत गर्नेछ ।