Breaking

ठूला दलले आज मनोनयन दर्ता गर्दै, देशभरका निर्वाचन कार्यालयमा चहलपहल बढ्यो


काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि सोमबार दोस्रो दिन पनि उम्मेदवार मनोनयन दर्ता जारी छ । आइतवारसाना दल र स्वतन्त्र उम्मेदवारले मनोनयन गरेका थिए ।

दोस्रो दिन काठमाडौं उपत्यकासहित देशभरका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल बढेको छ । काठमाडौं र ललितपुरमा सोमबार सबैभन्दा पहिले एमालेका उम्मेदवारले मनोनयन गरेका छन् ।

काठमाडौंमा केशव स्थापित र ललितपुरमा हरिकृष्ण व्यञ्जनकारले मनोनयन गरेका छन् । ठूला दलले आफ्ना सयौँ समर्थक र कार्यकर्तासहित बाजागाजा लिएर नाचगान गर्दै मनोनयन गरेका हुन् ।