Breaking

गठबन्धनमा सन्तोषजनक र सम्मानजनक भएन एकदिन यसको हिसाब गर्नुपर्ने छ: झाँक्री


काठमाडौँ — नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले चुनावी गठबन्धन सन्तोषजनक र सम्मानजनक नभएको बताएकी छन् । केही जिल्लाहरूमा एकीकृत समाजवादीविनै चुनावी तालमेल भइरहेका छन् । त्यसतर्फ संकेत गर्दै उनले गठबन्धन सम्मानजनक नभएको बताएकी छन् । उनले गठबन्धनभित्र रहेका दलहरूका बीचमा पनि हार्दिकतापूर्ण वातावरण नबनेको बताएकी छन् । वार्ता र संवादमा दम्भ देखिएको उनको भनाइ छ ।

गठबन्धनभित्रकै केही नेताका अभिव्यक्ति सुन्दा यसको एकदिन हिसाव मिलान गर्नुपर्ने देखिएको उनले बताएकी छन् । गठबन्धन सन्तोषजनक र सम्मानजन भएन । गठबन्घनका दलहरूको बीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौँ,’ मन्त्रीसमेत रहेकी उनले ट्वीट गर्दै भनेकी छन्, ‘हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो । यो बीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ ।