विदेश

फ्रान्सको राष्ट्रपतिमा इम्यानुयल म्याक्रो विजयी


फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो विजयी भएका छन् । जितसँगै ४४ वर्षका उनि पछिल्लो २० वर्षमा दोस्रो कार्यकालका लागि चयन हुने पहिलो राष्ट्रपति समेत बनेका थिए । राष्ट्रपतिको चुनावमा म्याक्रोले विपक्षी उम्मेदवार मरिन ली पेनलाई हराएको हो । उनि ५७ देखि ५८ प्रतिशत मत पाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मत परिणामको आधिकारिक तथ्याङ्क आउनु अगाडि र औपचारिक घोषणा ् अगाडि नै उ्नका प्रतिस्पर्धी नेता ली पेनले हार स्वीकार गरेका खबरमा उल्लेख छ ।