देश

भरतपुरको मेयरमा ११ जनाको उम्मेदवारी


काठमाडौँ — भरतपुर महानगरपालिकाको मेयरमा ११ जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज आइतवार ६ राजनीतिक दल र पाँच स्वतन्त्र उम्मेदवारले महानगरको मेयरमा मनोनयन दर्ता गराएका हुन् । उपमेयरमा तीन जनाको उम्मेदवारी परेको छ । कार्यालयका अनुसार आज नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेलिनवादी बाट सूर्यप्रसाद रेग्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर, मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी र उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बास्तोलाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै स्वतन्त्रतर्फ रामकृष्ण ओझा, हरिश्चन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल र रुद्रप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । उपमेयरमा नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी लेलिनवादी बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर र मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट शुष्मा तमाङ्ले उम्मेदवारी दर्ता गराउनुभएको छ ।