काठमाडौँ — बुद्ध एयरको विमानभित्र बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फ पार्क गरिएको विमानभित्र १० हजार ८ सय अमेरिकी डलर बरामद गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
एक सयका दरले एक सय ८ थान डलर बरामद भएको हो । बुद्ध एयरको उडानमा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्याण्ड ब्यागभित्र वेवारिसे अवस्थामा डलर फेला परेको हो । हिजो साँझ फ्लाइट पछि विमानका कर्मचारीले सरसफाइ गर्नेबेलामा एउटा ब्यागमा फेला परेको हो,’ श्रेष्ठले भने । सो रकम राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ । ‘कुनै विदेशीको हुनसक्ने भनेर प्रमाणसहित हामीले दाबी गर्न आउन भनेका छौं,’ श्रेष्ठले भने ।



प्रतिक्रिया