देश

टिकट वितरणमा विवाद हुँदा कार्यकर्ताबीच कुटाकुट


काठमाडौँ — जनता समाजवादी पार्टी जसपा मा टिकट वितरणमा भएको विवादले नेता–कार्यकर्ताबीच हातपात भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा विवाद कुटाकुट भएको हो । गणेशमान चारनाथ नगरपालिकाका निर्वतमान मेयर रामबाबु यादवलाई टिकट नदिने बताइएपछि उनका समर्थक र टिकट वितरण गर्ने नेताहरुबीच विवाद भएको थियो ।

कुटपिटबाट जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपानिकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित चारजना नेता कार्यकर्ता समान्य घाइते भएको बैठकमा सहभागी एक नेताले बताए । राबाबुजीको टिकट काट्ने भएपछि उहाँका कार्यकर्ता आक्रोशित हुँदै आएका थिए । भनाभनपछि कुटपिट नै भयो,’ ती नेताले भने ।

कुटपिट स्थलबाट केहीबेर अघि नै मधेश भौतिक पुर्वाधारमन्त्री रेणु यादव, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साह लगायतका नेताहरु बाहिरएका थिए । प्रदेशका पालिकाहरुका लागि उम्मेदवार टुंगो लगाउन राजदरबार होटेलमा मधेश प्रदेशका अध्यक्ष रामबाबु कुमार यादव र गजाधर रोहिता यादव लगायतका शीर्ष नेताहरुको उपस्थित छन् । आकांक्षीहरुले टिकटका लागि नेतृत्वसामु दबाब दिइरहेका छन् ।