Breaking

भरतपुरको मेयरमा दाहाल र सुवेदीबीच भिडन्त निश्चित


काठमाडौँ — चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदीबीच भिडन्त हुने भएको छ । पाँच दलीय गठबन्धनबाट दाहाल र एमालेबाट सुवेदीलाई टिकट दिइएसँगै भिडन्त निश्चित भएको हो ।

दाहालले मेयरबाट राजीनामा दिएर दोस्रो कार्यकालका लागि माओवादीबाट उम्मेदवारी दिएकी हुन्। यस्तै सुवेदी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरको उम्मेदवार भएका हुन् । उपमेयरको उम्मेदवार भने सत्ता गठबन्धनबाट काँग्रेस र एमाले दुबैले टुंगो लगाएका छैन् ।