देश

काठमाडौं महानगरपालिकाको मेयरमा शाहको उम्मेदवारी दर्ता


काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन् । आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ ।