Breaking

केशव स्थापितले प्रदेश सांसदबाट दिए राजीनामा


काठमाडौँ — काठमाडौँको मेयरको उम्मेदवार बन्न केशव स्थापितले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

हेटौंडा आएर उनले सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाएका हुन् । बागमती प्रदेशको पूर्व भौतिक पुर्वाधार विकासमन्त्री समेत रहेका स्थापितलाई नेकपा एमाले सचिवालय बैठकले शनिवार काठमाडौं महानगरपालिका मेयरमा उठाउने निर्णय गरको थियो । उनी काठमाडौँ महानगरका पूर्व मेयरसमेत हुन् ।