Breaking

निर्वाचन लगत्तै मन्त्रिमण्डल पुनर्गठन हुने देव गुरुङको संकेत (भिडियोसहित)


काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले वर्गीय रुपमा आफ्नो पार्टी र नेपाली कांग्रेस फरक भएपनि लोकतन्त्र र राष्ट्रियता बचाउन कांग्रेससँग गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

आज विहान योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा कुराकानी गर्दै नेता गुरुङले नेकपा एमाले कम्युनिष्ट पार्टी भएपनि लोकतन्त्र मास्ने काम गरेको र कांग्रेस पूँजीवादी नै भएपनि देशको लोकतन्त्र बचाउन लागेको कारण सत्ता गठबन्धन हुँदै चुनावी गठबन्धनसम्म भएको बताउनुभएको हो । कार्यक्रममा आफ्ना धारणा राख्दै गुरुङले बामपन्थी भएपनि केपी ओली ओली देश सिध्याउनतिर लागेपछि कांग्रेससँग गठबन्धनको आवश्यक रहेको तर्क गर्नु भयो ।

नेता गुरुङले स्थानीय तहको निर्वाचनका विषयमा आजै सबै विषय टुङ्गो लाग्ने समेत बताउनुभएको छ । गुरुङले गठबन्धनका दलहरू बिच सहमति हुन नसकेका ठाउँमा मित्रवत् प्रतिस्पर्धा हुने समेत दावी गर्नुभएको छ ।