Breaking

सत्ता गठबन्धनको उम्मेदवारी दर्ता भोलि मात्रै


काठमाडौँ — सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेदवारी दर्ता भोलि मात्रै गर्ने भएको छ ।

केही ठाउँ बाहेकमा साझा उम्मेदवार तय भइनसकेकाले भोलि मात्रै उम्मेदवारी दर्ता हुने एकीकृत समाजवादीका एक नेता जानकारी दिए ।

माओवादी केन्द्रका नेता देव गुरुङले पनि नमिलेको ठाउँमा वार्ता गरेर टुंग्याउनुपर्ने भएकाले मिलेको ठाउँमा बोहक धेरै ठाउँमा भोलि नै उम्मेदवारी दर्ता हुने बताए । आजै टुंग्याउने प्रयास हुने र आज नटुंगिएको ठाउँमा उम्मेदवारी दर्ता गरेर पनि मिलाउन प्रयास हुने उनको भनाइ छ ।

सीमित जिल्लाहरुमा सत्ता गठबन्धनबीच तालमेल गरेर जाने सहमति भए पनि धेरै ठाउँमा मिल्न सकेको छैन । कति जिल्लामा तालमेल हुने र कतिमा स्वस्थ प्रतिस्पर्धा हुने भन्ने कुरा गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेपछि थाहा हुने बताउँछन् ।