Breaking

उम्मेदवार टुंगो लगाउन कांग्रेसको बैठक आज पनि बस्दै


काठमाडौँ — स्थानीय तह निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान फेरि बस्दै छ ।

बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शनिबार राति अबेरसम्म बसेको बैठकमा उम्मेदवार टुंगो लाग्न नसकेपछि आज टुंग्याउने कसरतमा कांग्रेस नेताहरु जुटेका छन् । कांग्रेस महामन्त्री गगन थापाले आज उम्मेदवारहरुको टुंगो लाग्ने बताए ।

आइतबार र सोमबार उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यक्रम भएकाले आन्तरिक विवाद मिलाएर उम्मेदवारहरु छिटो टुंगो लगाउनुपर्ने दबावमा नेपाली कांग्रेसमा परेको छ ।