Breaking

कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने


काठमाडौँ — नेपाली कांग्रेसले आज आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ ।

दिउँसो १ बजे सानेपामा विशेष समारोहकाबीच घोषणा पत्र सार्वजनिक गरिने कांग्रेसले गठन गरेको घोषणा पत्र तयारी समिति सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लागि नसकेकाले कांग्रेसले सोमबारमात्रै देशभार मनोनयन दर्ताको तयारी गरेको छ । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारी दर्ताको समय तोकेको छ ।