Breaking

खुम्बु पासाङल्हमु अध्यक्षका लागि वडाध्यक्षको फड्को, उपाध्यक्षमा टासील्हामु यथावत


काठमाडौँ — सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका अध्यक्षका लागि हालको वडाध्यक्ष मिङमाछिरी शेर्पाले नेकपा एमालेबाट उमेदवारको टिकट पाएका छन् ।

नेकपा एमाले प्रदेश कमिटिको आज बसेको बैठकले खुम्बुपासाङल्हमु गाउँपालिकाको अध्यक्षका हाल तीन नम्बर वडाका अध्यक्ष रहेका मिङमाछिरी शेपालाई उमेदवार बनाउने निर्णय गरेको हो ।

अध्यक्षका लागि उनीसहितट लक्पा ग्याल्जेन शेर्पा लगायतको दावी रहेको थियो । यस्तै उपाध्यक्षका लागि टासील्हामु शेर्पाले नै उमेदवारको टिकट पाएकी छिन् । उनी गत स्थानीय तहमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । अध्यक्षमा ङिमदोर्जी शेर्पा निर्वाचित भएका थिए । उनको निधन भएपछि उपाध्यक्ष टासील्हामु शेर्पाले कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएकी थिइन् । उनले झण्डै साँढे दुई वर्ष गाउँपालिकामा कार्यबाहक भएर काम गर्दै आएकी थिइन् ।

अध्यक्ष शेर्पाको निधन भएपछि उक्त गाउँपालिका सञ्चालनमा तीन नम्बर वडाध्यक्ष मिङमा छिरी शेर्पाको विशेष सक्रियता रहेको थियो । खुम्बु पासाङल्हमु गाउँपालिका नेकपा एमालेको पक्कड भएको क्षेत्र हो । गत निर्वाचनमा यस पालिकामा वडासहित सबै पदाधिकारीमा नेकपा एमालेको एकछत्र जीत कायम भएको थियो ।