राजनीति

नेपालगन्जमा सत्ता गठबन्धनबाट बाहिरियो माओवादी


काठमाडौँ — सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्र नेपालगन्ज बाहिरिएको छ । चुनावी भागबन्डाका कारण माओवादी केन्द्रले नेपालगन्जमा गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । नेपालगन्जमा शनिबार पत्रकार सम्मेलनमार्फत यसको औपचारिक घोषणा गरिएको हो । २०७४ को स्थानीय तह निर्वाचनामा पाएको मतपरिणम र गठबन्धन दलको हिसाबमा हाम्रो पार्टी दोस्रो स्थानमा हुँदा पनि सम्मानजनक अवसर दिइएन, नगर अध्यक्ष रतन शाहीले भने, तर केन्द्रीय गठबन्धनको मूलमर्मविपरीत नेपालगंज उपमहानगर पालिकाभित्र रहेका गठबन्धन सम्बद्ध दलहरु नेपाली कांग्रेस, जनता समाजवादी पार्टी जसले प्रमुख र उपप्रमुख प्राप्त गरेका छन् ।

उक्त दलहरुले गठबन्धनको मूल स्परिटविपरीत वडाहरुमा एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जाने भनिसकेपछि नेपालगंज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको छ ।’नगर अध्यक्ष रतन शाहीले भने,‘अपमानित भएर बस्न सक्दैनौं । हामीले मेयर, उपमेयर नभए पनि १५ वडा मागेका थियौं । त्यो माग पनि पूरा गरिएन । त्यसैले उपमहानगरको सन्दर्भमा हामी एक्लै लड्छौं ।’ अध्यक्ष शाहीले माओवादी केन्द्र वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित २३ वटै वडामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।