विदेश

मंगल ग्रहमा भवन निर्माणका लागि भारतले बनायो ईंटा


काठमाडौँ — भारतको बैंगलोरस्थित भारतीय विज्ञान संस्था तथा भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरुले अन्तरिक्ष ईंटा तयार गरेका छन् । अन्तरिक्ष ईंटा बनाउनका लागि उनीहरुले मंगल ग्रहमा जस्तै माटो अर्थात् प्रतिकृति माटो र युरियाको प्रयोग गरेका छन् । अन्तरिक्ष ईंटाको उपयोग मंगल ग्रहमा भवन जस्ता संरचनाहरुको निर्माणका लागि गर्न सकिनेछ जसले मंगल ग्रहमा मानव बसोबासको सुविधा प्रदान गर्न सक्दछ ।

उल्लेखित अन्तरिक्ष ईंटा बनाउनको विधि प्लस वान पत्रिकामा प्रकाशित एक अध्ययनमा समावेश गरिएको छ । जसमा सबैभनदा पहिले मंगल ग्रहको माटोलाई ग्वार गम, स्पोरोसारसिना पेस्टुरी नामक ब्याक्टेरिया, युरिया, तथा निकेल क्लोराइडसँग मिलाएर एक घोल बनाइन्छ । उक्त घोललाई कुनैपनि आकारको साँचामो हाल्न सकिन्छ र केही दिनमा ब्याक्टेरियाले युरियालाई क्याल्सियम कार्बोनेटमा परिवर्तन गरिदिन्छ । उक्त क्रिस्टलले ब्याक्टेरियाले उत्सर्जन गरको बायो पोलिमरसँगै माटोको कणलाई बाँधेर राख्दछन् । एजेन्सी