देश

पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश


काठमाडौँ — पूर्वराजदूत लक्की शेर्पा नेकपा एमाले प्रवेश गरेकी छन् । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका हुन् । माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी कोटामा उनलाई राजदूत नियुक्त गरेको थियो ।