Breaking

दाइ कस्तो बिडम्बना हामीले अर्कै दललाई स्वस्तिक छाप हान्नुपर्ने भयो: थापा


काठमाडौँ — कोइराला पक्षका नेविसंघले स्थापना दिवस मनाउन जमलमा गरेको विचार गोष्ठीमा कोइराला र थापाबीच केहीबेर चुनावी गठबन्धनबारे कानेखुसी चलेको थियो । यो कुरा कोइरालाले आफूले भाषण गर्ने क्रममा उनले भने । अहिले हामी कानेखुसी गर्दै थियौं, गगनजीले मलाई भन्नुभयो दाइ कस्तो बिडम्बना भयो, हामीहरूले त अर्को पार्टीको चिन्हमा स्वस्तिक छाप लगाउनुपर्ने भयो । कोइरालाले कम्युनिष्टहरूसँग मिलेर कांग्रेसले चुनाव लड्नुपर्ने अवस्था किन आयो भनेर प्रश्न पनि गरेका थिए ।

‘कम्युनिष्टहरूसँग मिलेर चुनाव लड्नुपर्ने अवस्था किन आयो, चुनावपछि हामी लेखाजोखा गर्छौं,’ कोइरालाले भने, ‘कांग्रेसका उम्मेदवार जिताउन तपाईंहरू घर घर जानुस्, गाउँ गाउँ जानुस् । उनले गठबन्धनको निर्णय गर्दा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पन्छाइएको समेत बताएका छन् । के कारणले कांग्रेस केन्द्रीय समितिको निर्णय पन्छाएर नेताहरू गठबन्धन बैठक गर्दै निर्णय गरेर जिल्ला जिल्ला पठाइरहनुभएको छ उनले भने, ‘कांग्रेसलाई कसैको वैशाखी लिएर जानु पर्दैन । हामी एक्लै जान सक्छौं ।