देश

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो


काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक पुनः सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मलाई सारिएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिउँसो ३ बजे बैठक बस्ने नेपालखबरलाई बताए ।

यसअघि शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । बैठकले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउनेछ ।