Breaking

गठबन्धनबाट काठमाडौँको मेयर उम्मेदवार सिर्जना सिंह


काठमाडौँ – सत्तारुढ गठबन्धनले काठमाडौँको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौँको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति छ ।

उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौँको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि पार्टीभित्र शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् । शुक्रबार राति पनि अबेरसम्म छलफल भएको थियो ।

बैठकमा काठमाडौँको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले पुष्टि गरे । कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् ।