Breaking

महानगर र उपमहानगरका उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै


काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशमा ६ महानगर र ११ उपमहानगरमा आफ्नो पार्टीबाट उठाउने उम्मेदवार टुंगो लगाउने भएको छ ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास (बालकोट, भक्तपुर) मा दिउँसो ३ बजे बस्नेछ । बैठकले महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका तर्फबाट ककसलाई उम्मेदवार बनाउने भन्नेबारे निर्णय गर्ने बताइएको छ ।