Breaking

सप्तरीमा २ मोटरसाइकल ठोक्किँदा ३ युवकको मृत्यु


काठमाडौँ — सप्तरीमा दुईवटा मोटरसाईकल आपसमा ठोक्किँदा तीन युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ बस्ने वर्ष ३० का पप्पु यादव, वर्ष २६ का संदिप यादव र वर्ष २८ का बुच्चु भन्ने रंजित यादव छन् ।

शुक्रबार मध्यराति हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरमा पश्चिम तर्फ आउँदै गरेको प्र.१९०२४१ प.२२९६ नम्बरको मोटरसाइकल सोही दिशाबाट जाँदै गरेको प्र.१९०२०४१ प.९५२४ नम्बरको पल्सर मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना भएको हो ।

दुबै मोटरसाइकलमा सवारी तीनैजना युवक गम्भीर घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । शव पोस्टमार्टमको लागि सोही अस्पतालमा राखिएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।