काठमाडौँ – नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने भएका छन् ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रर्दशनी खेल आयोजना गर्ने निर्णय गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि सञ्चालन गर्ने सरकारले निर्णय समेत गरिसकेको छ । यससँगै खेलाडीहरु भने आन्तरिक तयारीमा व्यस्त बन्न थालेका छन् ।
करिब तीन वर्षपछि पहिलो पटक बसेको राखेपको बोर्ड बैठकले संघ संस्थाको निर्देशिका पारित गर्नेदेखि ओलम्पिकमा सहभागी हुँदाको खर्च पारित गर्नेसम्मको निर्णय गरेको छ ।
प्रतिक्रिया