Breaking

माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुवीकरणको सुरु भएको प्रचण्डको भनाइ


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ताहरुलाई एकतामा आउन आव्हान गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको ७३ औँ स्थापना दिवस तथा १५२ औँ लेनिन जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादी आन्दोलनबाट विभाजित सबै नेता, कार्यकर्ता तथा पार्टीहरुलाई एकतावद्ध हुन आव्हान गर्नुभएको हो ।

उहाँले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भएको भन्दै जनताको अधिकार र पहिचानका पक्षधरहरु एकतावद्ध हुनु आवश्यक रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले विगतमा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउनका लागि नेकपा (एमाले)सँग एकिकरण गरेको उल्लेख गर्दै एमाले नेतृत्वको वैचारिक तथा सांस्कृतिक विचलन र व्यक्तिवादी विर्सजनवादी चिन्तनका कारणले सफल हुन नसकेको बताउनुभयो ।

अध्यक्ष दाहालले माओवादी आन्दोलनमा उत्साहपूर्ण ध्रुविकरणको प्रक्रिया सुरु भएको बताउनुभयो । विगतमा पार्टी छोडेर जानेहरुले विभाजनको औचित्य पुष्टि गर्न नसकेर मुल घरमै फर्किने क्रम बढेको उहाँको भनाई छ ।