काठमाडौँ — मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधवार सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि हात पारेको हो ।
आर्मीले एपीएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एपीएफले ८० हजार हात पारेको छ ।
तेस्रो भएका दुई टोली सुदूरपश्चिम र लुम्बिनी प्रदेशले ४० /४० हजार रुपैयाँ प्राप्त गरेका छन् । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्धक रहेको प्रतियोगिताका विजयी खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराले पुरस्कार प्रदान गरे ।
प्रतिक्रिया