समाचार

सेनाको हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार


काठमाडौँ — सिलिचोङ गाउँपालिकाबाट हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लालध्वज सुवेदीले सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरेको जानकारी दिए ।

सुत्केरी व्यथा लागेपछि उनलाई बुधबार राति प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । उच्च रक्तचाप प्रभावित उनको त्यहाँ उपचार हुन नसकेपछि बिहीबार हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपेन्द्र कुलुङले जानकारी दिए ।