Breaking

हेटौँडामा भण्डारी र आश्रितको शालिक तोडफोड


काठमाडौँ — हेटौंडा उपमहानगरपालिका ९ मा अवस्थित मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ ।

मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको छ भने आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा फेला परेको छ । हेटौँडा ९ मा निर्माणधिन दिव्य बाल उद्यानमा रहेको भण्डारी र आश्रितको शालिक अज्ञात समूले तोडफोड गरेको हो ।

शनिबार बिहान पार्कमा मर्निङ वाकमा गएका स्थानीय शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए । प्रहरीले शालिक तोडाफोड गर्नेको पहिचान नभएको जनाएको छ । समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले राजनीतिक पूर्वाग्रह राखेर शालिक तोडफोड भएको हुन सक्ने बताए ।