Breaking

तीन वर्षपछि राखेप बोर्ड बैठक आज बस्दै


काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठक आज बस्दैछ । नेपाली खेलकुदको नियामक निकाय राखेपको बोर्ड बैठक तीन वर्षपछि पहिलो पटक बस्न लागेको हो । २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागुपछिको यो पहिलो बोर्ड बैठक हुनेछ ।

नयाँ ऐन लागू भएको झण्डै दुई वर्षपछि पहिलो बोर्ड बैठक बोलाउन यही बैशाख सुरुमा राखेपबाट युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरिएको थियो । त्यसै अनुसार आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा बोर्ड बैठक बस्न लागेको हो ।