Breaking

एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने


काठमाडौँ — नेकपा एमालेले आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ ।

७४ औं स्थापना दिवसको अवसरमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

आज सर्न लागेको नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने पनि कार्यक्रम रहेको उनले बताए । एमालेले आजै १७ कम्युनिष्ट नेतालाई सम्मान गर्दैछ ।