Breaking

बहालवाला जनप्रतिनिधिको प्रतिस्पर्धा, जनताको सेवा गर्न कि सत्ता र शतिmमा रहिरहन ?


काठमाडौँ — आसन्न स्थानीय तहको निर्वाचन आउन २२ दिन मात्र बाँकी छ । निर्वाचन मिति नजिकिएसँगै चुनावी चहलपहल थप बढेको छ । स्थानीय नेताहरु विभिन्न पदमा उम्मेद्वार बन्न शीर्ष नेताहरुलाई रिझाउन व्यस्थ छन् । स्थानीय तहको नेतृत्वमा पुन दोहोरिन चाहाने बहालवाला जनप्रतिनिधिको लर्को पनि लामै छ । संघीयता लागु भईसकेपछिको दोश्रो स्थानीय तहको निर्वाचन २०७९ साल बैशाख ३० गते हुँदैछ । निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दल र नेता कार्यकर्ता धमाधम जनताको घरदैलोमा पुग्न थालिसकेका छन ।

अझ प्रष्ट भन्दा टिकट हत्याउन नेता कार्यकर्ता शीर्ष नेतृत्वको दैलोदैलोमा पुग्न थालेका छन ।यो भीडमा गायक, नायक र नयाँ अनुहार मात्र होइन बहालवाला जनप्रतिनिधिको पनि लामै लर्को छ । महानगरपालिका,नगरपालिका,गाउँपालिका देखि वडामा समेत अधिकांश सोही पदमा दोहोरिन चाहेका छन् । काठमाडौ महानगरपालिकाका बहालवाला मेयर विद्यासुन्दर शाक्य पुन मेयरमैदोहोरिन कसरतमा छन । नेकपा एमालेबाट महानगरको मेयरका प्रस्तावित सूचिमा विद्यासुन्दर शाक्य र केशव स्थापित अटाएका छन् ।

बाहलवाला मेयर हुनुका साथै पार्टीमा पनि राम्रो प्रभाव भएकाले विद्यासुन्दर नै मेयरका उम्मेद्वार बन्ने सम्भावना बलियो छ । यस्तै सबैभन्दा धेरै चर्चा र विवादको केन्द्रमा रहेकोभरतपुर महानगरपालिकामा रेणु दाहाल दोहोरिने निश्चित प्राय छ । नेकपा माओवादी केन्द्र गठबन्धनमा यहि लविङमा छ । छोरीलाई यसपटक पनि महानगरको मेयर जिताउने प्रचण्डको इच्छा छ । परिवारबादमा फसेको आरोप लागे पनि प्रचण्ड छोरीलाई नै मेयर बनाउन कम्मर कसेर लागि परेका छन् ।

त्यस्तै ललितपुर महानगरपालिकामा पनि बहालवाला मेयर चिरीवावु महर्जन पुन दोहोरिने दाउमा छन् । यस्तै विरगन्जका मेयर विजय सरावगी पनि दोहोर्याएर मेयर बन्नको लागि एमाले प्रवेश गर्न पुगेका थिए । यी केहि उदाहण मात्र हुन् । मेयर,गाउँपालिका र वडामा दोहोरिनकै लागि पार्टी नै परिवर्तन गर्नेहरु पनि धेरै नै छन् । आखिर किन दोहोरिन चाहान्छन वाहालवाला जनप्रतिनिधि ? आफुले टिकट पाउने र आफुले नै जित्ने दावी नै गर्दै हिँडेका ललितपुर महानगरका मेयर चिरीवावु महर्जन भन्छन चुनावताका प्रतिवद्धता जनाएका ९० प्रतिशत काम भएका छन, केहि महत्वपूण योजनाहरु पुरा गर्नका लागि र पार्टी र महानगर दुवैको उज्जवल भविष्यका लागि महानगरमा आफ्नो विकल्प नै नभएको दावी गर्छन ।

संरचनागत शक्तिले सबल स्थानीय तह नेतृत्वको अभ्यास गरेका जनप्रतिनिधि साँच्चिकै जनताका लागि दौडेका छन वा उहि सत्ता र शतिmका लागि दोहोरिन चाहान्छ? त्यसको मुल्यांकन गरेर नेतृत्व छान्न जरुरी छ ।