Breaking

जिल्लाका नेता फकाँउदै देउवा, माधव नेपाललाई पोखरा फलामको च्युरा, के होला प्रचण्डको मुभ ?


काठमाडौँ — सत्ता गठबन्धनले निकै रस्साकस्सी पछि महानगर र उपमहानगरको सिट वाँडफाड गरेपनि प्रभावकारीताको चिन्ता भने कायमै छ । सत्ता घटक दलभित्र तालमेललाई लिए दुई धार देखिरहँदा त्यसको व्यवस्थापन उनीहरुका लागि सकस बनेको छ । के छ त दलहरुले सोचेको अन्तरविरोध व्यवस्थापनको बाटो ? सत्ता गठबन्धनले सिटबाँडको टुङ्गो लगाएपनि आन्तरिक विद्रोह भने बढ्दै गएको छ । आफू वलियो रहेको स्थानमा समेत अर्को पार्टीमा भोट हाल्नुपर्ने अवस्था आएपछि कास्की कांग्रेसले पार्टी कार्यालयमा तालाबन्दी नै गरेको छ भने नेपालगञ्ज उपमहानगर कांग्रेसले पाएपछि जसपाका स्थानीय नेताले निर्णय सच्याउन अल्टिमेटम नै दिएका छन ।

एमालेलाई धुलो चटाउन गरिएको गठबन्धनकै कारण त्यसको फाईदा एमालेले नै लिने देखिएपछि सत्ताघटकलाई टाउको दुखाईको विषय बनेको छ । यो अन्तरविरोधले सबैभन्दा बढि माओवादी र एकीकृत समाजवादीलाई पिरोलेको छ । आफ्नो भागमा परेको महानगर प्रतिष्ठाको लडाईसंग समेत जोडिएको र जित्न कांग्रेसकै ईमान्दारपूर्ण साथ आवश्यक देखिएपछि उनीहरु शंशकीत बनेका हुन् । यसअघि कांग्रेस र माओवादीबीच तालमेल हुँदा समेत पोखरामा १३ हजार ७ सय मतले जितेको एमालेलाई हराउन टेष्ट नै नभएको एकीकृत समाजवादीलाई गाह्रो देखिन्छ भने दुई वडामात्र जितेको भरतपुर माओवादीका लागि उस्तै चुनौतीका विषय बनेको छ । जसमा थपिएको मतदाताको चुनौती पनि थपिएको ।

यो ठुलो खाँडल कांग्रेसको मतले पुर्नुपर्ने भएपनि कांग्रेस स्वयम दुई चिरा परेको छ । वालुवाटारमा वाँडफाड चलिरहँदा अर्कातर्फ छुट्टै कार्यक्रम गरिहरको डा.शेखर कोईराला पक्षले कुनै पनि हालतमा कम्युनिष्टलाई भोट नहाल्ने भन्दै त्यसका काउन्टर सुरु गरिसकेका छन । स्थानीय निर्वाचनमा राम्रो परिणाम आए कम्युनिष्ट पाटीहरू एकजुट भएर आफ्नो सरकार बनाउनेमा आशंका व्यक्त गर्दै आएका उनीहरुले कांग्रेसले गठबन्धन गरे देश दुर्घटनामा पर्ने सम्मका चेतावनी दिदै आएका छन । यो फरक मत केहि दिनमा आफै सेलाउने विश्वासमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरुबीच पनि स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ बाँकी नै राखिएको बताएका छन् ।

यता एकीकृत समाजवादीले पनि आफ्नो शक्ती एमालेको आधा भएका कारण पोखरामा देखाईएको डर अफवाह भएको बताएको छ । गठबन्धन भएपछि साझा उमेद्धार हुने हुनाले मतभेदको अवस्था आउन नहुने समाजवादीका नेताहरुले बताँउदै आएका छन । अन्य स्थानमा आफ्नो साथ चहानेले आफूले पाएको स्थानमा गद्धारी नगर्न घुमाउरो पारमा चेतावनी दिएको छ । यता एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले त कांग्रेसले सबै सरकारी उद्योग कलकारखाना बेचेर खाएको आरोप नै लगाएका छन । जसले खुल्याएर भएपनि साईजमा ल्याउने रणनितिमा एकीकृत समाजवादी अघि बढेको त हैन भन्ने प्रश्न समेत जन्माएको छ ।

गठबन्धनको प्रभावकारिता सुनिश्चित गर्ने सबैभन्दा बढि दायित्व कांग्रेसमा सबैभन्दा बढि छ । फलत ः अन्तुष्टलाई सभापति शेरबहादुर देउवा स्वयमले भेटरै सम्झाउने देखि अन्य स्थानमा व्यवस्थापनको आश्वासन दिने क्रम कांग्रेसले तिव्र बनाएको छ । राजधानी आउने नमान्ने असन्तुष्ट केहि नेता कार्यकर्तालाई केन्द्रका नेताहरुले जिल्लामै पुगेर सम्झाउने रणनिति समेत अघि सारेको छ । अर्कातर्फ निर्वाचनमा तालिकामा समेत उमेद्धारी दर्ता र फिर्ताका लागि २–२ दिन समय छुट्याएईएको पनि यहि व्यवस्थापनकै पुर्वतयारीका रुपमा हेरिएको छ ।