Breaking

अर्थतन्त्र सुधारको संकेत छैन, अर्थमन्त्री र गभर्नर विवादले बजेट अन्यौलमा


काठमाडौँ — नेपालको अर्थतन्त्र तत्काल सुधारउन्मुख हुने अवस्थामा देखिदैन । यहीबीचमा अर्थविद्हरुले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय नभएकै कारण अर्थतन्त्रमा चुनौतीहरु आएको अर्थयाएका छन् नेपालको अर्थतन्त्र तत्काल सुधारउन्मुख हुने अवस्थामा नदेखेका अर्थविद्हरुले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको इगोकै कारण अर्थतन्त्रमा चुनौतीहरु आएको अर्थयाएका छन् । अर्थविद्हरुले अर्थतन्त्र संकट तर्फ गइरहेको अवस्थामा अर्थतन्त्रलाई सन्तुलनमा राख्नको लागि अर्थमन्त्रालय र राष्ट्र बैंकबीच जुन खालको समन्वय हुनु पर्ने थियो त्यो नभएको कारण अर्थतन्त्रमा थप चुनौतीहरु थपिदै गएको बताएका हुन् ।

कार्यक्रममा पूर्वअर्थसचिव रामेश्वर खनालले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रायले मिलेर काम गर्न नसकेकाले अर्थतन्त्रमा केही समस्या आएको बताए । उनले अर्थतन्त्र संकटमा हुँदा होस् वा अर्थतन्त्र सहज अवस्थामा हुँदा मौद्रिक निकाय र वित्तीय निकाय दुबैबीच अत्यन्त घनिष्ट सम्बन्ध हुनु पर्ने बताए । पूर्वअर्थसचिव खनालले अर्थमन्त्रालय र राष्ट्र बैंकले एक अर्कालाई दोष देखाएर अहिलेको समस्या समाधान हुन नसक्ने दाबी गरे । त्यस्तै, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले अर्थमन्त्री र गभर्नरबीचको विवादले बजेट निर्माण तथा मौद्रिक नीतिमा असर पर्ने सक्ने बताए । उनले वित्तीय नीतिको निमित्त अर्थमन्त्रालय एकदमै आधिकारीक र मौद्रिक नीतिको निमित्त केन्द्रिय बैंक आधिकारीक भएकाले समन्वय जरुरी रहेको बताए ।

अर्थमन्त्री र गभर्नरले एकले अर्कोलाई मुद्धा हालाहाल गर्ने इगो भइरह्यो भने मुलुक र मुलुकको अर्थतन्त्रको लागि प्रतिउत्पादक हुने भन्दै क्षेत्रीले अर्थमन्त्री र गभर्नरले सार्वजनिक जिम्मेवारी लिएकाले त्यस्तो गर्न नमिल्ने सुझाए ।पछिल्लो ८ महिनामा विदेशी लगानी र राजश्व बढे पनि पुँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता अभाव भएको छ । पछिल्लो समय बैंकको ब्याजदर नीतिमा भद्र सहमतिको नाममा खास नीति यहि हो भनेर जान नसकेको कारणले बैंकहरुमा तरलता अभाव भइरहेको अर्थविद्हरुले दाबी गरेका छन् । यो अवस्थामा उनीहरुले पुँजीगत खर्च र बजारको तरलता अभावको समस्या समाधानका कुरालाई सकारात्मक रुपमा लिएर सबैले सहकार्य गर्दै अगाडि बढन सकियो भने अर्थतन्त्रमा डराउनु पर्ने परिस्थिति सिर्जना नहुने सुझाएका छन् ।